पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक उद्धार अभ्यास आज

पाेखरा | मंसिर २३, २०७९

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक उद्धार अभ्यास आज

पोखरा:  विमानस्थल सञ्चालनको तयारीमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आज आकस्मिक उद्धार अभ्यास गरिने भएको छ ।  विमानस्थलका आयोजना प्रमुख इन्जिनियर विनेस मनकर्मीका अनुसार आज दिउँसो साढे १ बजे विमानस्थलमा आपतकालीन उद्धार अभ्यास हुनेछ ।

 

उनले आपतकालीन उद्धार अभ्यासका लागि विमानस्थल परिसरमा एम्बुलेन्स, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, रेस्क्यु फायर फाइटिङ सर्भिसका अभ्यास गर्ने गरिने जानकारी दिए  । 
साढे १ बजे उद्धार अभ्यास गर्ने तयारी भइरहेको छ, उनले भने, ‘भवितव्य परेको बेला छिटै उद्धार गर्न यस अभ्यासले सघाउछ ।’

 

उनले यसअघि सो विमानस्थलमा क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण) भइसकको बताए  । ‘हाम्रोमा एक हप्ता एरो थाईको जहाजले क्यालिब्रेसन फ्लाइट गरिसकेको छ । अब छिटै आफ्नो प्रतिवेदन प्राधिकरणलाई बुझाउने तयारी गरिरहेको छ भन्ने बुझिएको छ ।’ उनले भने ।

 

विमानस्थल अंग्रेजी नयाँवर्षदेखि सुरु गर्न भनिएपनि ल्याण्डफिल साइट व्यवस्थापन र रिठेपानी डाडा कटानको काम अझै सकिएको छैन । 

 

करिब २२ अर्ब लगानीमा निर्मित विमानस्थल बनाउने जिम्मा चिनिया कम्पनी सिएएमसीले पाएको थियो । आयोजनाका अनुसार सो विमानस्थल अन्तर्राष्टिय मापदण्ड अनुसार फोर डि मोडेलमा बनेको छ । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्